Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२३, आषाढ २०७८
आज देशभर २९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप २९ सय ८९ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलका अनुसार ७८ सय ३५ पीसीआर र ४०६३ जनाको एन्टीजेन परीक्षण गर्दा २९७९ जनामा पोजेटिभ देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा १३ सय ३९ हजार जना संक्रमणमुक्त भएका छन् भने २८ संक्रमितको मृत्यु भएको छ । अझैपनि ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, रसुवा, कास्की,झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको प्रवक्ता पौडेलले बताए ।

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ३२७ हजार जना निको भएका छन् भने ९ हजार २९१ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २३ हजार ७५६ जना रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - १८:००:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology