काठमाडौं । आज देशभर थप १८ सय ३१ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार ५५ सय ३५ पीसीआर र ३६ सय ८३ जनाको एन्टीजेन गरी ९२ सय १८ परीक्षण गर्दा १८ सय ३१ जनामा पोजेटिभ देखिएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १५ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने २० संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला, चितवन, मकवानपुर, कास्की, झापा, सुनसरी, मोरङमा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख ११ हजार ८९४ हजार जना निको भएका छन् भने ९ हजार ३८२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार १७३ जना रहेका छन् ।