काठमाडौं । आज देशभर ३१ सय ८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षण भएको जनाएको छ । जसमा ३१ सय ८ जनालाई पोजेटिभ देखिएको हो । यस्तै सोही अवधिमा १५ सय ९५ जना निको भएका छन् भने २५ जनाको मृत्यु भएको छ । एकमहिना पछि एकैदिन देखिएको यो संक्रमण बढी हो ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जनालाई पोजेटिभ देखिएको छ ।
अहिलेसम्म नेपालमा ७ लाख २१ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुनुका साथै ९६ सय ८ जनाको मृत्यु भएको छ ।