Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज देशभर २८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

६, श्रावण २०७८
आज देशभर २८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । भीडभाड बढेसँगै नेपालमा फेरि कोरोना भाइरस संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २८ सय ३८ जनालाई संक्रमण भाइरस (कोभिड–१९) पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा सह (प्रवक्ता डा।समिर अधिकारीले २८ सय ३८ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिए ।

उहाँले सोही अवधिमा ३० जनाको मृत्यु भएको छ भने १४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा संक्रमणदर सरदर १९।२ प्रतिशत रहेको उनले बताए । तर पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण पुष्टि भइरहेको उनको भनाइ छ । यो हप्ता थप ३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित देखिएको छ । 

पछिल्लो २४ घण्टामा ८ हजार ७१५ जनाको पीसीआर र ३ हजार ९०१ जनाको एन्टिजेन गरि जम्मा १२ हजार ६१६ जनाको कोरोना परीक्षण भएको थियो । आज थपिएकासँगै नेपालमा संक्रमितको संख्या ७ लाख २४ हजार ४५५ पुगेको छ । जसमध्ये ६ लाख ३६ हजार ४०२  निको भएका छन् भने ९ हजार ६३७ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ । 

images
प्रकाशित मिति :श्रावण ६, २०७८ बुधवार - २०:५४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology