Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

८, श्रावण २०७८
आज देशभर २९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज काठमाडौं उपत्यकामा ७ सय १९ सहित देशभर २९ सय ७७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ हजार ३०८ जनाको परीक्षण भएको जनाएको छ । यस्तै सोही अवधिमा १६ सय ७८ जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१० ,भक्तपुरमा ६९ र ललितपुरमा १३४ गरी उपत्यकामा ६१३ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ७ लाख ३० हजार १४६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त हुनुका साथै ९६ सय ७९ जनाको मृत्यु भएको छ।

अहिले सक्रिय संक्रमित २७ हजार ६६१ जना रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण ८, २०७८ शुक्रवार - १६:५९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology