काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार काठमाडौंमा ४१०, ललिपुरका १३४ र भक्तपुरमा ६९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ७८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।