Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, श्रावण २०७८
आज देशभर ३१ सय १४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । केही समय स्थिर रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फेरि बढन थालेको छ । पछिल्लो २४ घण्टामा ३१ सय १४ जनालाई संक्रमण पुष्टि भएको छ भने २१ सय ९७ जना निको भएका छन् । सोही अवधिमा १६ जनाको मृत्यु भएको छ ।

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६१५ जना छन् । काठमाडौंमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जनालाई पोजेटिभ देखियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ पीसीआर र ४२ सय ८५ एन्टीजेन गरि १४ हजार ९१० जनाको कोरोना परीक्षण भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार ७५७ जना छन् जसमध्ये अहिले ६५० जना आइसियु र १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - २०:२३:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology