Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ३८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१२, श्रावण २०७८
आज देशभर ३८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३८ सय ९९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने १७ सय ७८ जना निको भएका छन् । सोही अवधिमा २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर र ४ हजार ८६३ एन्टीजेन गरि १७ हजार ५१८ जनाको कोरोना परीक्षण भएको छ । हिजो १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण हुँदा ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको थियो ।

यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ७७४ जना छन् । काठमाडौंमा ४७५, भक्तपुरमा १३२ र ललितपुरमा १६७ जनालाई पोजेटिभ देखियो ।

अहिले सक्रिय संक्रमित २८ हजार ८३६ जना छन् जसमध्ये अहिले ६११ जना आइसियु र १७१ जना भेन्टिलेटरमा रहेका छन् ।

हालसम्म नेपालमा ७ लाख ४२ हजार ८१७ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ६ लाख ४७ हजार ७९ जना निको भएका छन् भने ९७ सय ५८ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - १७:३३:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology