Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

देशभर २३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

देशभर २३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१७, श्रावण २०७८
देशभर २३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २५ सय ६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट १९ सय ८१ जना र एन्टिजेन परीक्षणबाट ५ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १२ हजार ६३६ परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ८४ सय २ र एन्टिजेन परीक्षण ४२ सय ३४ भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २०२० जना कोरोना मुक्त भएका छन् । कोरोनाबाट १८ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ६ लाख ९७ हजार ३७० जना र एन्टिजेन ६१ हजार ९३७ विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना मुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८७५ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १७, २०७८ आइतवार - २०:०६:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology