Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज देशभर ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, श्रावण २०७८
आज देशभर ३१ सय २५ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३१ सय २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २२ सय ७९ जना र एन्टिजेन परीक्षणबाट ८ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा जम्मा १३ हजार ८११ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण १० हजार ६१३ र एन्टिजेन परीक्षण ३ हजार १९८ भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९ सय २५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट २३ जनाको मृत्यु भएको छ ।

हालसम्म पिसिआर विधिबाट ६ लाख ९९ हजार ६४९ जना र एन्टिजेन ६२ हजार ७८३ विधिबाट जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना मुक्त हुनेको संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९ हजार ८९८ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ६२९ पुगेको छ ।

images
प्रकाशित मिति :श्रावण १८, २०७८ सोमवार - १७:३९:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology