Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दलित महिलालाई दिसा खुवाउने लामा काङ्ग्रेस इकाई सभापति निर्वाचित

दलित महिलालाई दिसा खुवाउने लामा काङ्ग्रेस इकाई सभापति निर्वाचित

केशव घिमिरे

२२, भाद्र २०७८
दलित महिलालाई दिसा खुवाउने लामा काङ्ग्रेस इकाई सभापति निर्वाचित
images

ललितपुर । दलित महिलालाई बोक्सीको आरोप लगाई दिसा खुवाउने बिमला थिङ (लामा) काँग्रेसको वडा इकाइ सभापति निर्वाचित भएकी छन् । भदौ २१ गते भएको ललितपुरको बागमती गाउँपालिका वडा नं. ४ प्युटारको वडा अधिवेशनबाट उनी इकाइ सभापतिमा निर्वाचित भएकी हुन् ।  ०६५ चैत ७ गते लामाले प्युटारकी कल्लीकुमारी विकलाई बोक्सीको आरोप लगाउँदै दिसा खुवाउनुका साथै कुटपिट गरेकी थिइन । त्यसको आरोपमा प्रहरीले उनलाई पक्राउ पनि गरेको थियो । प्युटारकै भञ्ज्याङ् प्राथमिक विद्यालयकी प्रधानाध्यापिका रहेकी लामाको दुर्ववहार र कुटपीट सहेर पनि विक बाँच्न सफल भएकी थिइन । पीडक लामा पक्राउ परिन्, मुद्दा अदालतसम्म पुगेको थियो । प्युटारकै नेता कवेलबहादुर लामाको दवाव र प्रभावमा लामालाई सो मुद्दाबाट उन्मुक्ति दिइएको स्थानीयले गुनासो गरेका छन् ।  स्थानीयले समाजमा द्वेष फैलाउने लामालाई गाउँकै सभापति बनाउन वागमती गाउँपालिकाका अध्यक्ष विरबहादुर लामाको भुमिका रहेको आरोप लगाएका छन् ।

सोमबार सम्पन्न बागमती गाउँपालिकाको सात वटै वडामा सर्वसम्मत रुपमा कांग्रेस वडा सभापतिहरु निर्बाचित भएको कांग्रेसका स्थानीय नेता विष्णु प्रसाद तिमल्सिनाले सामाजिक सञ्चाल मार्फत जानकारी दिए । वडा न १ घुसेल सभापति गोविन्द गौतम, वडा न २ माल्टा सभापति रामबहादुर लामा, वडा नं. ३ भट्टेडाडा सभापति गोविन्द दाहाल, वडा न ४ प्युटार सभापति विमला लामा, वडा न ५ इकुडोल सभापति दिपक सिँगार, वडा न ६ आश्राङ सभापति नारायण भोम्जन र वडा न ७ गिम्दी सभापति दिनेश राना मगर निर्वाचित भएका छन् ।

images
प्रकाशित मिति :भाद्र २२, २०७८ मंगलवार - १७:५४:२२ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology