Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर ८ सय ५ जना कोरोना संक्रमिण, ८ जनाको मृत्यु

आज देशभर ८ सय ५ जना कोरोना संक्रमिण, ८ जनाको मृत्यु

दैनिकी न्यूज

२१, आश्विन २०७८
आज देशभर ८ सय ५ जना कोरोना संक्रमिण, ८ जनाको मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ सय ५ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । कोरोना परीक्षण १० हजार ६७२ जनाको भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमित पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २९४ जना छन् ।काठमाडौंमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जनालाई संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा ८ लाख ९३ हजार ७२ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ७३ हजार १४० जना निको भएका छन् भने ११ हजार २ सय जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित १५ हजार ९४२ रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन २१, २०७८ बिहिवार - २०:३९:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology