Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रेस सेन्टर ललितपुर महानगर अध्यक्षमा देवकोटा

प्रेस सेन्टर ललितपुर महानगर अध्यक्षमा देवकोटा

केशव घिमिरे

२८, कार्तिक २०७८
प्रेस सेन्टर ललितपुर महानगर अध्यक्षमा देवकोटा
images

ललितपुर । प्रेस सेन्टर नेपाल ललितपुर महानगरपालिका शाखाको प्रथम अधिबेशनबाट अध्यक्षमा सागर देवकोटा सुशान्त निर्विरोध चयन भएका छन् । सेन्टरको शनिवार सम्पन्न प्रथम अधिवेशनले देवकोटाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुरज व्यञ्जनकार, सचिवमा राजु प्रसाद नेपाल, कोषाध्यक्षमा रुद्रप्रसाद सिग्देल र सदस्यहरूमा किरन रजक, गणेश राई राधिका श्रेष्ठ, अनिल श्रेष्ठ, अप्सरा सिग्देल, केदारनाथ घले, दिनेश चौलागाई, रन्जित थापा, सौरभ आचार्य, रमिला पोखरेल (योञ्जन) र नितेश अवाले रहेका छन् ।

अधिवेशनमा प्राइम टाइम टेलिभिजनका पत्रकाहरु राधिका श्रेष्ठ, अनिल श्रेष्ठ, नितिश अवाले, चेतराम न्यौपाने, किसान टेलिभिजनका मिलन प्रजापति, माउण्टेन टेलिभिजनका सुरेन्द्र तामाङ र जनअपेक्षा साप्ताहिकका रमिला पोखरेल (योञ्जन) लाई माओवादी केन्द्र ललितपुरका इन्चार्ज हरि दाहालले प्रेस सेन्टर नेपालमा प्रवेश गराएका थिए ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल ललितको प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनमा नेकपा (माओवादी केन्द्र) केन्द्रका जिल्ला सहइन्चार्ज तथा वागमती प्रदेश सभा सदस्य दिनेश महर्जन, माओवादी केन्द्र ललितपुरका जिल्ला कार्यालय सरोज डंगोल, जिल्ला सदस्यहरु अर्जुन कार्की, देवीदत्त पौडेल, लक्ष्मण महर्जन, प्रेस सेन्टरका केन्द्रीय प्रतिनिधि भवानी बराल, उपत्यका प्रदेशका सह–इन्चाज कृष्ण लेकाली, संयोजक नवराज दाहाल, पत्रकार महासंघका केन्द्रिय सदस्य ज्ञानप्रसाद पौडेल, ललितपुका अध्यक्ष सागर न्यौपाने पत्रकार महासंघ उपत्यका प्रदेशका उपाध्यक्ष रोजिना थापालगायतको उपस्थिति रहेको थियो ।

 

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - १०:०८:२७ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology