ललितपुर । लामो समय नेकपा (माओवादी केन्द्र) को स्थानीयदेखि केन्द्रीय स्तरसम्मको जिम्मेवारी लिइसकेका शिव कट्टेल ललितपुरको महालक्ष्मी क्षेत्रमा निकै चर्चित छन् । सो क्षेत्रमा सामाजिक काममा उनी सक्रिय रहँदै आइरहेका छन् । महालक्ष्मी क्षेत्रको विकास र परिवर्तनको लागि उनी ती दशकदेखि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुँदै आएका छन् । उनै कट्टेल आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयरका प्रत्यासी छन् ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कट्टेल अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् । अन्य समयमा पनि स्थानीयको घर दैलोमा पुगिरहने उनी चुनाव लागेपछि त्यसलाई झन् तिब्रता दिएका छन् । ‘मैले राजनीतिलाई समाज सेवाको रुपमा लिएको छु, तीन दशकदेखि महालक्ष्मीको विकासको लागि कुनै न कुनै पक्षबाट भुमिका निर्वाह गरेको छु,’ उनल भने, ‘त्यसकारण पनि यहाँका स्थानीयवासीले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास लिएको छु।’ उनीसँग लामो समय सामाजिक र स्थानीय स्तरका रहेर राजनीतिक नेतृत्व गरेको अभुवन छ । अनुभवन, भुमिका र स्थानीयको माग अनुसार नै उनी महालक्ष्मीको मेयरको प्रत्यासी बनेका हुन् । ‘म महालक्ष्मीलाई व्यवस्थित पार्न चाहन्छु, यहाँको भित्रि सहर, खानेपानी, सडक, संस्कृति, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना लिएर उम्मेदवार बनेको छु,’ उनले भने, ‘विगतमा हुन नसकेका काम र नयाँ थप योजनाअनुसारका काममा म पाँच वर्ष अहोरात्र खटिने छु ।’
चुनाव जितेपछि यी कामलाई प्राथमिकता दिनेछन्
उनी चुवानमा नयाँ अजेण्डा लिएका आएका छन् । यसअघिका जनप्रतिनिधिले पुरा गर्न नसकेका र नदेखेका विकासका योजना र अजेण्डालाई उनले आफ्नो प्रतिवद्धतापत्रमा समावेश गरेका छन् ।
महालक्ष्मी क्षेत्रमा पर्यटन विकास, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, सम्पदा संरक्षण र भित्रि सहरको व्यवस्थापनलाई उनले पाँच वर्षमा आफूले गर्ने मुख्य कामभित्र समेटेका छन् । आफू उम्मेदवार भए नगरपालिकाको शिक्षा क्षेत्रलाई पनि सुधार गर्ने उनको योजना छ । त्यस्तै, रोजगार सिर्जना गर्ने, परम्परागत हस्तकलाका सामानलाई बजारीकरण गर्ने, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनेलगायत योजना पनि उनको घोषणापत्रमा सममावेश छन् ।
उनले आफू निर्वाचित भए नगरपालिका भित्रको प्रशासनिक सुधार गर्ने, प्रशासनिक भवन निर्माण गर्ने योजनालाई पनि अघि सारेका छन् । त्यस्तै भित्री सहरमा देखिएका खानेपानी, ढल र सडकको समस्या पनि समाधान गर्ने उनको योजना छ । त्यसबाहेक लाकुरी भन्ज्याङलाई थप व्यवस्थित पारी पाटन क्षेत्रमा आएका पर्यटकलाई उक्त क्षेत्रमा पनि घुमाउने कार्यक्रम बनाइने छ ।
‘ग्वार्कोको जाम अन्त्य गर्नेछु’
सहरीकरण र महालक्ष्मी क्षेत्रमा जनघनत्व बढिरहेको छ । रिङरोड बाहिर पर्ने यो क्षेत्रमा पछिल्लो एक दशकमा थुपै्र मानिस बसाईसराई गरेरे आएका छन् । जसका कारण महालक्ष्मी क्षेत्रका सडकमा सवारी चाप बढेको छ । रिङरोड प्रवेशद्धार ग्वार्कोमा अत्यन्तै ट्राफिक जाम बढेको छ । महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार कट्टेले आफू निर्वाचित भए पाँच वर्षमा ग्वार्कोमा फ्लाई ओभर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसबारे सोचेर र प्रतिवद्धता व्यक्त गरेको उनको भनाई छ । ‘यो ठाउँको जामको निकास नै फ्लाई ओभर हो, ग्वार्कोमा फ्लाई ओभर बनाउने यो म निर्वाचित भएपनि दु्रत गतिमा अघि बढाउने छु,’ उनले भने ।
नक्सापासलाई व्यवस्थित र नियमित गर्ने
महालक्ष्मी नगरपालिकाको अर्को समस्या हो धेरैजसो घर तथा भवनको नक्सापास नहुनु । नक्सापास बिनानै बनेका र करको दायरामा नआएकालाई छुटसहित नक्सापार र करको दायरामा ल्याउने कट्टेलको भनाई छ । उनी निर्वाचित भएपछि यो नियम लागू गर्नेछ्न् । कर तिर्न वाँकी र नक्सापास नगर्नेलाई करको दायरामा ल्याउने उनको भनाई छ । तर स्थानीयलाई ठूलो जरिवाना तथा अप्ठेरो नपारी छुसहित सो काम गरिने छ।
महिलाहरुलाई निशुल्क सेनेटरी प्याड वितरण
उनी निर्वाचित भएपनि नगरपालिकाले नै महिलाहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गर्ने प्रतिवद्धता गरेका छन् । नगरपालिका आफैले कार्यालयबाट प्याड वितरण गर्र्नेछ । जसका कारण महिलाहरुलाई सहज हुनेछ । प्याड वितरणको लागि नगरपालिकाभित्र छुट्टै शाखा निर्माण गरिने छ । वडा तथा नगरपालिकाबाट प्याड उपलब्ध गराइने प्रबन्ध मिलाइने छ ।
अस्पताल निर्माण र दीर्घ रोगीलाई निशुल्क औषधी वितरण
नगरपालिकामा छुट्टै अस्पताल निर्माण गरिने छ । पालिकाका स्वास्थ्य चौकीबाट उपचार सम्भव नभएका र अन्य विरामीले यस अस्पतालमा उपचार सेवा लिन सक्नेछन् । पालिकाले निर्माण गर्ने अस्पतालमा सहुलियतामा उपचार सेवा लिन पाइने छ । त्यस्तै पालिकाभरीका दीर्घरोगीलाई निशुल्क औषधी वितरण गरिने छ । सुगर, प्रेसर, दमलगायत रोगका औैषधी नगरपालिकाबाट वितरण हुनेछन् । त्यस्तै वृद्धभक्ता पनि घरघरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाई छ । यी योजना पनि कट्टेलले आफ्नो प्रतिवद्धतापत्रमा समेटेका छन् ।
को हुन् कट्टेल
उनको पुख्र्यौली उपत्यकाबाहिर भएपनि तीन दशकदेखि उनी लुभूवासी हुन् । तीन दशकदेखिको उनको पेशा समाजसेवा नै हो । उनी २०४९ सालदेखि माओवादी राजनीतिमा औपचारिक प्रवेश गरेका थिए। त्यसपछि २०६२÷०६३ को राजनीतिक द्धन्द्धकालमा उनी आन्दोलनमा होमिए । त्यसपछिका राजनीतिक गतिविधिमा उनी थप सशक्त भएर लागिपरे । राजनीतिकसँगै सामाजिक कार्यमा पनि उनी सहभागि भए । उनी आफू जान्नेबुझ्ने भएपनि राजनीतिक र सामाजिक गतिविधि र परिवतर्नको पक्षमा रहँदै आए । त्यस्तै समाजसेवामा पनि उनी लामो समय टिकिरहेका छन् । हालसम्म पनि राजनीतिक र समाजिक कार्यलाई एकैसाथ अघि बढाइरहेका छन् ।