Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर–१५ वडाका उम्मेदवार मिश्रको पक्षमा माहोल बन्दै, यस्ता छन् उनले जित्ने आधारहरु

ललितपुर–१५ वडाका उम्मेदवार मिश्रको पक्षमा माहोल बन्दै, यस्ता छन् उनले जित्ने आधारहरु

रामहरि कार्की

२७, बैशाख २०७९
ललितपुर–१५ वडाका उम्मेदवार मिश्रको पक्षमा माहोल बन्दै, यस्ता छन् उनले जित्ने आधारहरु
images

ललितपुर । ललितपुर महानगरपालिका वडा–१५ मा वडाध्यक्ष पदका उम्मेदवार बनेका सुशर्दन मिश्रले एकल पुरुषको लागि सामाजिक सुरक्षा भत्ता दिनेदेखि ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई घरमै गएर वडाका सेवा सुविधा दिनेसम्मका योजनाहरु यसपटक अघि सारेका छन् । आफूलाई पुनः एकपटक मत दिएर वडाध्यक्षमा जिताउन अनुरोध गर्दै उनले आकर्षक योजनाहरु अघि सारेका हुन् ।

उनले वितगमा वडाध्यक्ष हुँदा सुरु गरेको योजना पूरा गर्ने र नयाँ योजनामा काम गर्ने बाचासहित आफू पुन वडाध्यक्षको उम्मेदवार बताएका छन् । उनी नेकपा (एकिकृत समाजवादी) बाट उम्मेदवार बनेका हुन् । उनको यसपटकका योजनाले मुर्तता पाए महानगरपालिका भित्र पर्ने वडा १५ कायापलट हुने देखिन्छ ।

अघिल्लो पाँच वर्षे कार्यकालमा पनि उनले १५ वडामा उदाहरणीय काम गरेका थिए । भित्री सडक व्यवस्थित पार्ने, वडामा रुख विरुवा रोप्ने, शिक्षा र स्वास्थ्यलाई व्यवस्थित पार्नेलगायत थुप्रै कार्य उनले गरेका थिए । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको बेलामा उनी अहोरात्र खटिएका थिए । यसबाहेक उनले वडालाई व्यवस्थित तरिकारले सञ्चालन गरेका थिए । स्थानीयलाई खोप व्यवस्थापन गर्ने र पिसिआर परीक्षण गरी कोरोना नियन्त्रण गर्न उनको ठूलो भुमिका रह्यो ।

यसअघिको चुनावमा उनी तत्कालीन नेकपा (एमाले) बाट उम्मेदवार बनेका थिए । पार्टी फुटेपछि उनी एकीकृत समाजवादीमा आएका थिए । उनी नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का साझा उम्मेदवार हुन् । उनले यसअघिको कार्यकालमा सातदोबाटो क्षेत्रलाई व्यवस्थित पार्ने कार्य गरेका छन् ।

उनले यसपटक भौतिक पूर्वाधार र शुसासनलाई जोड दिने बताएका छन् । गत वर्षमा धेरै जसो समय प्रशासनिक र स्वास्थ्य क्षेत्रका काममा खर्च भएकोले यसपटक भने पूर्वाधारमा जोड दिने उनको भनाई छ ।
उनको प्यानलतर्फ महिना वडा सदस्यमा माओवादी केन्द्रकी शुशिला राउन, खुल्ला सदस्यमा माओवादी केन्द्रकै गोविन्द्र प्रसाद हुमागाई र अर्को खुल्ला सदस्यमा एकिकृत समाजवादीका महेन्द्र मानन्धर चुनावी मैदानमा छन् । उनीहरुले आफ्नो पक्षमा मत मागिरहेका छन् । महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार चिरीबाबु महर्जन र उपमेयरका उम्मेदवार बावुराज बज्राचार्य रहेका छन् ।

यस्ता छन् मिश्रका आकर्षक योजना
- ढल व्यवस्थापन गर्ने काम तीन वर्षभित्रमा सकिने छ ।
- हाल कालोपत्रे नभएका वडाका सबै सडकहरु तीन वर्षभित्र कालोपत्रे हुनेछन् ।
- भित्री सडकहरुमा व्लक विछ्याइने छ । वडामा संवेदनशील ठाउँ र मुख्य सडकमा सिसि टिभी जडान गरिने छ।
- वडामा नमुना सार्वजनिक सौचालन निर्माण गर्ने,
- वडाभित्रका सबै टोल सुधार समितिलाई भवन निर्माणको लागि सहयोग गर्ने,
- सबै टोलटोलमा सडक वत्ती जडान गर्ने,
- केयुकेएलसँग समन्वय गरी वडाभित्र सबै घरघरमा खानेपानी पु¥याइने,
- खानेपानीको पाइपलाइन नपुगेका क्षेत्रमा पाइपलाइन पुर्याइने,
- वडाभित्र रहेका पुस्तकालय व्यवस्थित गरिने,
- एकल पुरुषको लागि सामाजिक सुरक्षा भत्ता दिने, अपांगता भएका व्यक्तिलाई औषधि उपचारको सहज व्यवस्था मिलाउने,
- ७५ वर्ष नाघेका जेष्ठ नागरिकलाई घरमै गएर वडाका सेवा सुविधा दिने,

यसबाहेक मिश्रले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, बजार, वडाको सुशासन लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छन् । आफु वडाध्यक्ष भए प्रतिबद्धता गरेका सबै योजनाहरुले पूर्णता पाउने उनको दाबी छन् । ‘विगतमा पनि मैले वडामा सक्नेजति काम गरेको हुँ, तर कोरोना संक्रमणले गर्दा चाहेजति काम गर्न नसकेको अवस्था थियो, समय अनुकूल रह्यो भने आउँदो कार्यकालमा दाबी गरेकाभन्दा धेरै काम गर्ने लक्ष्य छ,’ उनले भने, ‘त्यसकारण एकपटक मलाई मतदान गर्नुहुन अनुरोध पनि गर्दछु ।’

धुलो–धुवामुक्त वडा बनाउने
उनले वडा १५ लाई धुलोमुक्त बनाउने योजना समेत यसपटक अघि सारेका छन् । त्यसको लागि मुख्य सडकमा जोडिने शाखा सडकहरु कालोपत्रे गर्ने, सडक किनारका फोहोरमैला व्यवस्थापन गर्ने, विद्युत्तीय र केबल तारलाई व्यवस्थित गर्ने उनको योजना छ ।

कौशि खेती विस्तार गर्ने
त्यस्तै कृषि क्षेत्रमा उनले कौशि खेतीलाई अघि सारेका छन् । त्यसको निम्ति सबै वडावासीलाई विउ विजन, कम्पोष्ट मल वितरण गर्ने र तालिम समेत दिने योजना बनाएका छन् ।

यसबाहेक उनले वडामा रहेका संस्कृति र सम्पदा जोगाउनेको लागि पनि योजना निर्माण गरेका छन् । मुर्त र अमुर्त संस्कृतिका आधारमा तीनलाई जर्गेनाका साथै प्रवद्र्धन गर्ने मिश्रको लक्ष्य छ । त्यसको लागि उनले वडाले आवश्यक बजेट तथा योजना पनि बनाउने बताएका छन् । उनले वडामा रोजगारको लागि वडाका विकास निर्माणका काममा वडावासीलाई प्राथमिकता दिने बताएका छन् । त्यस्तै स्वरोजगारमुलक सीप र तालिमको योजना पनि उनीसँग छ । वडामा उत्पादन हुने सामग्री विक्रि वितरण र बजारीकरणको लागि मेला प्रदर्शन तथा बजारको व्यवस्थापन गरिने उनले जानकारी दिए ।

sudarshan mishra1.jpg

sudarshan mishra 2.jpg

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ०८:५९:३६ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology