Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा

आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा

दैनिकी न्यूज

२१, जेठ २०७९
आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा
images

ललितपुर । आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।

दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।

तीन हप्तासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।

भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा विभिन्न ठाउँमा रथ परिक्रमा गरिरहँदा जुन ठाउँमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मिठोमसिनो खुवाएर जात्रा मनाउने परम्परा छ ।

यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौं उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेकाले मर्यादित रुपमा यो अवसरलाई मनाउन पनि गृह मन्त्रालयले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०७:२८:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology