Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त

राजु नेपाल

१५, श्रावण २०७९
राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त
images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । मन्त्री शर्माले आजै साँझ राष्ट्रपति कार्यालयमा शपथ लिने तय भएको छ ।

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए ।

तर, संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

images
प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - १७:५८:४८ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology