Logo

आइतवार, श्रावण २४ गते २०८३

images

निमा लामाको टिमको ‘भेट्लास है’ सर्वजानिक

निमा लामाको टिमको ‘भेट्लास है’ सर्वजानिक

दैनिकी न्यूज

२, भाद्र २०७९
निमा लामाको टिमको ‘भेट्लास है’ सर्वजानिक
images

काठमाडौ । गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा आएको छ । पछील्लो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको स्वर रहेको छ । गीतलाई बिरिसु न्युजको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन भने, कर्साङ लामाले संगीत संयोजन, ध्वनी सम्पादन र संगीत गरेका हुन । गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन, कोरियोग्राफी र सम्पादन गरेका हुन भने राजु तामाङले कलर गरेका हुन ।

भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन,राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ ,मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा, मरिचमन योन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनय समेटिएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०८:४९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology