Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

निमा लामाको टिमको ‘भेट्लास है’ सर्वजानिक

निमा लामाको टिमको ‘भेट्लास है’ सर्वजानिक

दैनिकी न्यूज

२, भाद्र २०७९
निमा लामाको टिमको ‘भेट्लास है’ सर्वजानिक
images

काठमाडौ । गायिका सुस्मिता स्याङ्तानको ‘भेट्लास है’ बोलको गीत बजारमा आएको छ । पछील्लो समय सामाजिक सञ्जालमा सुपरिचित र्यापर निमा लामा, र्याप स्टार र जेम्स जिम्बाले गाएको र्याप गीतको हुकलाइनमा गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको स्वर रहेको छ । गीतलाई बिरिसु न्युजको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।

पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सञ्चारकर्मी विवेक लोप्चनले लेखेका हुन भने, कर्साङ लामाले संगीत संयोजन, ध्वनी सम्पादन र संगीत गरेका हुन । गंगाराम राइले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन, कोरियोग्राफी र सम्पादन गरेका हुन भने राजु तामाङले कलर गरेका हुन ।

भिडियोमा अशिम लोप्चन, सञ्जय बोम्जन,राज श्रेष्ठ, कबिता तामाङ, विश्व तामाङ, अस्मिता तामाङ ,मन्दिरा तामाङ, क्रिष्टिना जिम्बा, मरिचमन योन्जन, अमृत रुम्बा र प्रबी तामाङको अभिनय समेटिएको छ ।

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०८:४९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology