Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रपतिद्धारा ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण

राष्ट्रपतिद्धारा ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण

दैनिकी न्यूज

११, भाद्र २०७९
राष्ट्रपतिद्धारा ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण
images

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गर्नुभएको छ ।


ठेचोमा हाल सञ्चालन भइरहेको बाह् वर्षे जात्रा अन्तर्गत सो भवानी देवी मन्दिरमा एक महिना ताल्चा लगाउने परम्परा अनुसार बिहीबार खोलिएर विभिन्न पाठपूजा आदि गरेसँगै शुक्रबार सो गुठीमा सम्बन्धीत व्यक्तिले उहाँको निवासमा फूल तथा प्रसाद पु¥याउन गएपछि ग्रहण गर्नुभएको हो ।

हामी शुक्रबार लगभग २ बजे राष्ट्रपति निवास पुगेर फूल तथा सुपारी एवं चलन अनुसारका सामग्री राष्ट्रपतिलाई दिएर फर्किएका सो गुठीका अध्यक्ष धर्मराज मालीले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिलाई हामीले नवदुर्गा भवानीको प्रसाद दिएसँगै उहाँले लगाउनुभयो ।” सो सँगै आफूहरुले उक्त गुठी चलाउन गाहे भयो भनेर राष्ट्रपति समक्ष अनुरोध गर्दा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको मालीले जानकारी गराउनुभयो ।

गत साउन १० गते गठेमङ्गल अर्थात गठामूग चे¥हेका दिनदेखि हाल ठेचोमा नवदुर्गा भवानी देवीको बाह् वर्षे जात्रा सञ्चालन भइरहेको छ ।

सो जात्रामा एक महिना नवदुर्गा भवानी देवीलाई ताल्चा लगाएर राखिने परम्परासँगै हिजो ‘यँ पञ्चदान’ का दिन उक्त ढोका खोलिएको थियो ।

सो जात्रा सञ्चालन भएदेखिनै राष्ट्रप्रमुखलाई उक्त प्रसाद पु¥याउन जाने चलन रहेको गुठीका पुजारी मालिले बताउनुभयो ।

नवदुर्गाको प्रसाद लिएर आफूसँगै पुजारी गोपाल माली तथा गुठीका नाइके भक्तलाल माली, अर्का नाइके जितेन्द्र माली र नाइके पाँचभाइ मालीसँगै रमेश माली र सो भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली राष्ट्रपति निवास जानुभएको गुठीका अध्यक्ष मालीले सुनाउनुभयो ।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०६:२८:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology