Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गायक मोतिराज खनालको ‘कम्मरु भाँचम्ला’ तीजगीत इन्द्रेणीमा विमोचन

गायक मोतिराज खनालको ‘कम्मरु भाँचम्ला’ तीजगीत इन्द्रेणीमा विमोचन

दैनिकी न्यूज

२६, श्रावण २०८३
गायक मोतिराज खनालको ‘कम्मरु भाँचम्ला’ तीजगीत इन्द्रेणीमा विमोचन
images

काठमाडौं । गायक मोतिराज खनाल, बैकुण्ठ महत र रेखा पोख्रेलको स्वरमा रहेको नयाँ तीजगीत ‘कम्मरु भाँचम्ला’ लोकप्रिय कार्यक्रम ‘इन्द्रेणी’मा विमोचन गरिएको छ।

श्रावण २५ गते गायक मोतिराज खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसीले गीतको विमोचन गरेको हो । कार्यक्रम समाजसेवी तथा अभियन्ता विशाल मिश्रले सञ्चालन गरेका थिए ।

विमोचन कार्यक्रममा वरिष्ठ कलाकार पार्वती अधिकारी, ‘इन्द्रेणी’का अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेल, ऋषिराम भुसाललगायत कलाकार, सञ्चारकर्मी, शुभेच्छुक र आफन्तहरूको उपस्थिति थियो।

तीजको मौलिक संस्कृति, चेलीबेटीको सामूहिक नाचगान र पर्वको खुसीलाई गीतमा प्रस्तुत गरिएको छ। गीतमा मोतिराज खनालको संगीत तथा किरण पन्थी र मोतिराज खनालको शब्द रहेको छ। लक्षु प्रकाश मल्लले संगीत संयोजन छ भने कृष्ण बाजुरालीले रेकर्डिङ तथा मिक्सिङ गरेको हो ।

गीतको भिडियोमा भुवन के. पोख्रेल, जुना कार्की, भगवान् भण्डारी, रेणुका बराललगायत कलाकारले अभिनय गरेका छन्। शिवजी क्षेत्रीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिता रहेको छ।

पछिल्लो समय तीजगीतमा मौलिकता हराउँदै गएको गुनासो भइरहेका बेला नेपाली संस्कृति र मनोरञ्जनलाई जोडेर ‘कम्मरु भाँचम्ला’ तयार गरिएको निर्माण पक्षले जनाएको छ।

गीत सार्वजनिक भएपछि दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षको भनाइ छ। निर्माण पक्षले देश तथा विदेशमा रहेका दर्शक–श्रोतासँग गीत हेरेर माया, साथ र प्रतिक्रिया दिन आग्रह गरेको छ।

‘कम्मरु भाँचम्ला, यो तीजमा सँगै नाचम्ला !’

images
प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - ०९:४६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology