Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पश्चिमतिरको झ्याल

पश्चिमतिरको झ्याल

दैनिकी न्यूज

२, श्रावण २०८३
पश्चिमतिरको झ्याल
images

■ राजीव श्रेष्ठ

मेरो कोठाको पश्चिमतिर एउटा झयाल छ
त्यो झ्याल मेरा निमित विश्व दर्पणको छायाँ हो
बिहानै उठने बितिकै त्यही झ्यालबाट चियाउँछु आजको दिन झ​री ब​द​ली हुन्छ कि ?
वा घ​माइलो हुन्छ ?

शनै शनै हेर्दा आउने द्र​श्य​को म​जा
खुम्चिदै आईरहेको छ
किनकि ,
अब त्यहाँबाट सयकडौं झ्याल​ह​रुको द्र​श्य​मात्र देख्न सकिन्छ

ती झ्यालबाट
द्र​श्यावलोकन गर्ने मज​स्ता थुप्रै म​नुवाह​रुको द्र​श्य
​प​नि प​क्कै खुम्चिएको हुनुप​र्छ ।

किनकि,
तिनका सपना प​नि मेरो पश्चिमी झ्याल​को द्र​श्य​ झैं
च​कनाचूर भ​एको हुनुपर्छ !!

images
प्रकाशित मिति :श्रावण २, २०८३ शनिवार - १६:३५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology