काठमाण्डौ । मंगलबार शेयर बजार सूचक दोहोर अंकले बढेको छ । बजार २१ दशमलव ३० अंकले बढेर हो। योसँगै नेप्से परिसूचक १९३४.०४ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८३ अंकले बढेर ३७६.१७ को विन्दुमा पुगेको छ। आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका ३१ लाख ४६ हजार ९९६ कित्ता सेयर ९२ करोड २५ लाख ७४ हजार ४१० रुपैयाँमा किनबेच भएका छन्। जसमा २३१ कम्पनीको ३१ लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहको शेयर मुल्य बढेको छ । यो दिन वित्त समूह सर्वाधिक २.१३ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह १.८७ प्रतिशत, बैंकिङ समूह ०.८४ प्रतिशत, व्यापार समूह १.५ प्रतिशत, होटेल तथा पर्यटन समूह १.१६ प्रतिशत, विकास बैंक समूह १.७५ प्रतिशत, जलविद्युत समूह ०.९७ प्रतिशत, निर्जीवन बीमा समूह ०.७५ प्रतिशत, अन्य समूह १.१५ प्रतिशत, लघुवित्त समूह १.२४ प्रतिशत, म्युचुअल फन्ड समूह ०.७६ प्रतिशत र लगानी समूह १.५७ प्रतिशतले बढेको छ ।
यो दिन नबिल बैंकको सर्वाधिक ५ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी पावरको ५ करोड ६३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ७३ लाख रुपैयाँ, अपी पावरको २ करोड १७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २ करोड १६ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको १ करोड ८२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १ करोड ६८ लाख रुपैयाँ, शिवम सिमेन्टको १ करोड ५९ लाख रुपैयाँ र नेपाल टेलिकमको १ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज बोटलर्स नेपालको शेयर १० प्रतिशत तथा मैलुङखोला जलविद्युतको शेयर साढे सात प्रतिशतले बढेको छ ।
यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ २ प्रतिशत बढीले घटेको छ ।