Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

राजु नेपाल

३१, भाद्र २०७९
आज यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानमा र पूर्वी भू–भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ । साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको छ।

हाल देशभर सामान्यतया बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

२०७९ भदौ ३१ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ । लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असोज १ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भू-भागका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०७९ असोज २ गते (आईतबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । प्रदेश १ को थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र सो को कारणले पहाडी तथा भिरालो जमिनमा  भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम , सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।  साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - ०६:४८:२० बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology