Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

राजु नेपाल

७, कार्तिक २०७९
ग्लोबल आइएमई बैंकले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८–०७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८–०७९ को वितरण योग्य मुनाफाबाट १३.६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १० दशमलव ६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्तापूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करीब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश शेयर र १० दशमलव ६ प्रतिशतले हुन आउने करीब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात शेयरधनीले पाउने छन् । ३ प्रतिशत बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - ०७:३८:४७ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology