Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आचार संहिताको उल्लंघन गर्दै एमालेको चुनाव प्रचारमा शिक्षक आचार्य

आचार संहिताको उल्लंघन गर्दै एमालेको चुनाव प्रचारमा शिक्षक आचार्य

केशव घिमिरे

१३, कार्तिक २०७९
आचार संहिताको उल्लंघन गर्दै एमालेको चुनाव प्रचारमा शिक्षक आचार्य
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ९ लामाटार स्थित विश्व मित्र माध्यमिक विद्यालयका शिक्षक चिरञ्जिवी आचार्य नेकपा एमालेको चुनाव प्रचार प्रसारमा देखिएका छन् । उनी नेकपा एमालेले महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुरमा आयोजना गरेको निर्वाचन परिचालन कमिटिको कार्यक्रम स्थलमानै पुगेरे अतिथिको आसन ग्रहण समेत गरेका छन् । उनी नेकपा एमालेका बागमती प्रदेश सदस्य समेत हुन् ।

जिल्ला निर्वाचनका अनुगमन अधिकृत मनकुमार केसीका अनुसार कुनै पनि राष्ट्र सेवक कर्मचारीहरु दलको चुनाबी प्रचारमा हिडे आचार संहिता उल्लंघन गरेको मानिने बताए । निर्वाचन कार्यालयमा लिखित उजुरी परे चुनावमा हिड्ने राष्ट्र सेवकलाई कारवाहीको लागि निर्वाचन आयोगमा लेखि पठाउने केसीको भनाई छ ।

त्यस्तै जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाको अनुसार शिक्षक, कर्मचारी राजनैतिक दलको चुनाव प्रचार प्रसारमा हिडे विभागिय कारवाही हुने बताए ।

313468774_680188396859934_8890268022793775000_n.jpg

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ । आचारसंहिताको दफा ९ मा निर्वाचनको काममा संलग्न कर्मचारीले पालना गर्नुपर्ने आचरण, दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचारण, दफा, ११ मा सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारण र दफा १२ मा गैरसरकारी संस्था, विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ती कर्मचारीले आचारसंहिताको प्रतिकूल हुनेगरी कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुन ध्यानाकर्षण गराएका छन् ।

12.PNG

images
प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - १३:४८:१५ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology