Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बागमती गाउँपालिका ३ : चार करोडमा ढलान गरिएको सडक चिरा पर्‍यो

बागमती गाउँपालिका ३ : चार करोडमा ढलान गरिएको सडक चिरा पर्‍यो

रामहरि कार्की

२३, कार्तिक २०७९
बागमती गाउँपालिका ३ : चार करोडमा ढलान गरिएको सडक चिरा पर्‍यो
images

ललितपुर । ललितपुरको बागमती गाउँपालिकास्थित ढलान गरिएको सडक १५ दिनमै भत्कन सुरु गरेको छ । ठेकेदार कम्पनीको लावरबाहीका कारण झण्डै चार करोड खर्चेर ढलान गरिएको सडक बीच भागबाट चिरा परेको हो । १५ दिन अघि मात्रै ठेकेदार कम्पनीले छपेली हुँदै पालिका केन्द्र जोड्न झण्डै तीन किमी सडक ढलान गरेको थियो । तर ठेकेदार कम्पनीले मापदण्ड पूरा नगरेपछि सडक ढलान गरेको केहि दिनमै धाजा फाटे झै भएको छ । यो सडक निर्माणमा ठेकेदार कम्पनीले ३ करोड ५० लाख ५१ हजार ५९० मा टेण्डर प्राप्त गरेको थियो, जुन इष्टमेट भन्दा ३७.९४ प्रतिशत बिल्लो रहेको छ । तर त्यसमा प्रयोग हुने मसालाको घोल गुणस्तरीय र मापदण्ड अनुसार नभएपछि ढलान गरेको केहि दिनमै सडक फुटेको हो ।

यो सडक पूर्वाधार विकास कार्यालय बागमती प्रदेश, ललितपुरले यो सडक ढलान गरेको हो । सडक ढलान गरिएको क्षेत्र गाउँपालिकाको वडा नम्बर ३ मा पर्छ । सो सडक गुणस्तरीय नभएपछि जिल्ला समन्वय समितिले अनुगमन गरिसकेको छ ।

सडक निर्माणको कार्य गर्न रायमाझी÷कान्तिपथ पिएम जेभीले सडक निर्माणको जिम्मा पाएको थियो । तर सडक ढलान गर्दा मापदण्ड नपु¥याएपछि सडक बिग्रन थालेको छ । पूर्वाधार विकास कार्यालय र गाउँपालिकाले पनि उक्त सडकको अनगुमन गरेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख रामलाल थिङले ठेकेदारले काम गर्न ढंग नपु–याएकोले करोडौंको रकम बालुवामा पानी खन्याए झै भएको बताए । उनले भने, ‘ठेकेदारले धेरै कमिसन खाने लाभमा ढलान गर्दा सिमेन्ट, ग्रामेल र गिटीको प्रयोग गर्दा ध्यान दिएको छैन, अझ त्यसमा सिमेन्ट र बालुवाको मात्रा निकै कम छ, यो सडकबारे माथिल्लो निकायले चासो दिनुपर्छ । उनले ठेकेदार कम्पनीले बदमासी गरेपनि सम्बन्धित निकायले कारबाही नगरेको बताए ।

मापदण्ड अनुसार साढे पाँच मिटर चौडा रहेको उक्त सडकको थिकनेस ८ इन्च हुनुपर्छ । तर ठेकेदार कम्पनीले ६ इन्चभन्दा बढी थिगनेस बनाएको छ । त्यस्तै माटो मिसिएको बालुवा र गिटीको प्रयोग गरेको छ । जसले गर्दा सडक गुणस्तरहिन बनेको छ । बागमती गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामीले निर्माण गरिएको सडकको अनुगमन गरेको स्विकार गरे । उनले भने, ‘निर्माण गरिएको सडक कमसल सामग्री प्रयोग गरिएको छ ।’ स्थानीयले पनि गाउँपालिकामा गुनासो गरेको उनले बताए ।

यसबाहेक पूर्वाधार विकास कार्यालय, ललितपुरका प्रमुख पुस्कर पोखरेलले ठेकेदार कम्पनीलाई स्पष्टिकरण सोधिने र भत्किएको भए बाँकी भुक्तानी नदिने बताए । ‘हामीले वास्तविक अवस्थाको फेरी अनुगमन गर्छौं,’ उनले भने, ‘सडक गुणस्तरहिन छ भने बाँकी भुक्तानी हुँदैन ।’ उनका अनुसार ठेकेदारले यसअघि सडक ढलान गर्नेबेलामा चाहि अनुगमन गरिएको थियो । त्यतिबेला ठेकेदारले कमसल सामग्री प्रयोग गरेको पनि पाइएको थियो । त्यसपछि अनुगमन टोलीले ठेकेदार कम्पनीका विष्णु प्रसाद तिमिल्सिनालाई थर्काएको थियो ।

हाल पूर्वाधार विकास कार्यालयका अनुसार निर्माण कम्पनीले ८२ लाख भुक्तानी पाएको छ । यो सडक ठेकेदार कम्पनीले एक वर्ष लगाएर ढलान गरेको थियो । यसबारे अनुगमन पनि गर्ने गाउँपालिकाका अध्यक्ष वीरवहादुर लोप्चनले बताए । ठेकेदार कम्पनीका तिमिल्सिना बागमती गाउँपालिकाका पूर्व वडाध्यक्ष पनि हुन् । उनी आफै ठेकेदार हुन् । उनले यस क्षेत्रका नदीनालामा अवैध उत्खनन् समेत गर्दै आइरहेका छन् ।

यो सडक निर्माण गर्न ५ करोड ६४ लाख ८२ हजार ८५९ रुपैयाँ इष्टमेट गरेको थियो ।

chapeli 1.jpg

 

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - २१:४०:२६ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology