Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पम्फा भुसालको मुख्य अजेन्डाः सम्पदा संरक्षण र प्रवर्द्धन

पम्फा भुसालको मुख्य अजेन्डाः सम्पदा संरक्षण र प्रवर्द्धन

राजु नेपाल

२७, कार्तिक २०७९
पम्फा भुसालको मुख्य अजेन्डाः सम्पदा संरक्षण र प्रवर्द्धन
images

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री तथा गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं। ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार पम्फा भुसाल यतिबेला चुनावी प्रचारमा व्यस्त छिन् । उनी आफ्ना पाच वर्षे अजेण्डा फेहरिस्त जनतालाई बाडेकी छन् । उनले यसपटक अजेन्डामा सारेको अर्को महत्त्वपूर्ण क्षेत्र हो- कला, सम्पदा र संस्कृतिहरुको प्रवर्द्धन । उनले यहि क्षेत्रको विकास र प्रवर्द्धनको लागि आफू उम्मेदवार बनेको र चुनावी अजेण्डा अघि सारेको बताएकी छन् ।

ललितपुरमा कृषि पर्यटनको अवधारणा लागु हुनुपर्ने भन्दै त्यसका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता समेत जनाउदै आएकी छन् । पर्यटनमा आधारित अर्थतन्त्र, समतामुलक समाज र स्वच्छ पर्यावरणलाई विशेष प्राथमिकता दिएर सो अनुरुपको नीति र कार्यक्रम पनि उनले अघि वढाएकी छन् ।

यसबाहेक ऐतिहासिक सम्पदा, मठमन्दिर र गुम्बासहित परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै डिजिटल प्रोफाइल तयार पार्ने पनि उनको पाच वर्षे अजेण्डा छ। त्यस्तै रथयात्रा, पर्व, पहिरन तथा गरगहनाजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गर्न जोड दिनुपर्ने उम्मेदवार भुसालको भनाई छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - ०८:१५:२० बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology