Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बाराही हाइड्रोले मङ्सिर २१ गतेदेखि सर्बसाधारणलाई आइपिओ निष्काशन गर्ने

बाराही हाइड्रोले मङ्सिर २१ गतेदेखि सर्बसाधारणलाई आइपिओ निष्काशन गर्ने

राजु नेपाल

१४, मंसिर २०७९
बाराही हाइड्रोले मङ्सिर २१ गतेदेखि सर्बसाधारणलाई आइपिओ निष्काशन गर्ने
images

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मङ्सिर २१ गतेदेखि सर्बसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन हुन लागेको हो ।

जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको छ भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । आईपिओमा मङ्सिर २६ गतेसम्म आवेदन दिन सकिने छ ।

शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५ गतेसम्म आईपिओ निष्काशन गरेको थियो। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ । 

images
प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - ०७:२३:०८ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology