Logo

आइतवार, श्रावण २४ गते २०८३

images

साना किसान विकास लघुविद्वारा लाभांश घोषणा

साना किसान विकास लघुविद्वारा लाभांश घोषणा

देवीदत्त पौडेल

२०, मंसिर २०७९
साना किसान विकास लघुविद्वारा लाभांश घोषणा
images

काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३६८४ प्रतिशत नगद लाभांश गरि कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले गत वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष गत वर्षभन्दा बढी लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

कम्पनीले हाल कुल चुक्ता पुँजी १ अर्ब ५६ हरोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ ६० पैसा रहेको छ । 

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - १०:४७:५७ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology