Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

साना किसान विकास लघुविद्वारा लाभांश घोषणा

साना किसान विकास लघुविद्वारा लाभांश घोषणा

देवीदत्त पौडेल

२०, मंसिर २०७९
साना किसान विकास लघुविद्वारा लाभांश घोषणा
images

काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–०७९ को मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.३६८४ प्रतिशत नगद लाभांश गरि कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले गत वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष गत वर्षभन्दा बढी लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

कम्पनीले हाल कुल चुक्ता पुँजी १ अर्ब ५६ हरोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ ६० पैसा रहेको छ । 

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - १०:४७:५७ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology