Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर वारमा माओवादी निकट कानून व्यवसायीको प्यानल निर्वाचित, श्रेष्ठ बने अध्यक्ष

ललितपुर वारमा माओवादी निकट कानून व्यवसायीको प्यानल निर्वाचित, श्रेष्ठ बने अध्यक्ष

रामहरि कार्की

७, माघ २०७९
ललितपुर वारमा माओवादी निकट कानून व्यवसायीको प्यानल निर्वाचित, श्रेष्ठ बने अध्यक्ष
images

ललितपुर । ललितपुर वार एशोसियसनमा राम श्रेष्ठ नेतृत्वको गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन व्यवसायी समूहको प्यानल विजयी भएको छ ।

नेकपा (माओवादी केन्द्र) का श्रेष्ठले एमाले, कांग्रेस र एकीकृत समाजवादीको संयुक्त प्यानलका शशि कुमार कार्कीलाई २५१ मत अन्तरले हराए ।

६०० भोट खसेकोमा श्रेष्ठले ४२१ र प्रगतिशील, पेशागत, लोकतान्त्रिक, समाजवादी र समावेशी समूहका कार्कीले १७० मत पाए ।

गणतान्त्रिक प्रगतिशील पेशागत कानुन व्यवसायी समूहबाटै उपाध्यक्षमा बाबुकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता शेर्पा, कोषाध्यक्षमा रमेश कुमार महर्जन निर्वाचित भएका छन् । यसैगरी महिला दुई सदस्यमा अष्ट कुमारी महर्जन र सुशिला कार्की विजयी बनेका छन् ।

अन्य सदस्यहरुमा भूमेराज आले मगर, ईच्छाराम महर्जन, रत्न बहादुर बुढा, रोहित कुमार कार्की, राजु अधिकारी, जीवन कुमार बस्नेत, विराज थापा र विपना योगी विजयी भएका छन् ।

श्रेष्ठ प्यानलका राजु अधिकारी विप्लव निकट नेकपाका हुन् भने अरु सबै माओवादी केन्द्र सम्वद्ध हुन् ।

ललितपुर बार एसोसियसनको हरेक दुई वर्षमा चुनाव हुने गरेको छ। ललितपुर बारमा ८ सय १२ कुल मतदाता छन्।

मुख्य निर्वाचन अधिकृत प्रकाश महर्जनका अनुसार मतदान विहान ८:३० बजेदेखि दिउसो ४ः३० बजेसम्म मतदान भएको थियो भने त्यसपछि भएको मतगणना सम्पन्न भएको हो।

326874306_906984017007469_3154068589562590106_n.jpg

images
प्रकाशित मिति :माघ ७, २०७९ शनिवार - २१:५२:०० बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology