Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आशा लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस सेयर ?

आशा लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस सेयर ?

राजु नेपाल

२४, माघ २०७९
आशा लघुवित्तले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस सेयर ?
images

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले २१.०५२६ प्रतिशत लाभांश दिने भएको छ ।

२३ माघ सोमबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८–०७९ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - १२:१९:३६ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology