Logo

आइतवार, श्रावण २४ गते २०८३

images

साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोको कब्जामा

साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोको कब्जामा

दैनिकी न्यूज

१४, फाल्गुण २०७९
साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोको कब्जामा
images

बारा । बाराको जीतपुरमा सञ्चालित साँतौ सितोरियो कराते प्रतियोगिताको उपाधि सिमरा डोजोका खेलाडिहरुले उचालेका छन् । दुई दिनसम्म चलेको प्रतियोगितमा प्रथम भएको सिमरा डोजोले नगद १५ हजार, एउटा सिल्ड र ६ वटा गोल्ड मेडल प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो भएको आयोजक जीतपुर डोजोले नगद १० हजार, एक शिल्ड र ५ वटा गोल्ड मेडल प्राप्त गरेयो भने तृतीय हुने श्रीराम साह नेतृत्वको जीतपुर डोजोले नगद ५ हजार, एक शिल्ड र ३ गोल्ड मेडल प्राप्त गर्न सफल भएको आयोजक जीतपुर डोजो शाखाका अध्यक्ष मनोज कुमार साहले जानकारी दिए ।
जीतपुर डोजोको आयोजनामा सञ्चालित समापन कार्यक्रमको उद्घाटन श्री नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सानुकाजी थापाले खेल अनुशासनसँग जोडिएकाले अनुशासन बिनाको खेलको कुनै महत्व नरहेको बताए । खेलमा आज हारेको ब्यक्ति भोलि जित्न सक्छ तर खेल्दै न खेलेको ब्यक्ति कहिल्यै जित्न नसक्ने तर्क गरे ।
बिभिन्न बैज्ञानिक तथ्यहरूले पनि शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन खेल खुल्नुपर्ने देखाएकाले खेल खेल्नुपर्ने आवश्यक्ता उनले औल्याए ।
त्यस्तै प्रतियोगिताको मुख्य प्रायोजक रहेको नेपोभिट टायल्सका ब्यवस्थापक बद्री कडेँलले उद्योग समाजमा नै स्थापना हुने गरेकाले यसले समाजकोलागि योग्दान दिनु यसको नैतिक तथा समाजिक कर्तब्य भएको बताए ।
जितपुर डोजो शाखाले गराएको सितोरियो कराते प्रतियोगिता प्रति खुसी ब्यक्त गर्दै अगामी दिनहरूमा पनि आफुहरूले सक्दो सहयोग गर्दै जाने धारणा उनले ब्यक्त गरे ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - ०९:२५:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology