Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती

पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती

दैनिकी न्यूज

१९, फाल्गुण २०७९
पीएनजीले नेपाललाई दियो १८० रनको चुनौती
images

काठमाडौँ । आइसीसी लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनीले नेपाललाई १८० रनको चुनौती दिएको छ।

४९ ओभरमा सबै विकेट गुमाएको पीएनजीले १७९ रन बनाउन सफल भएको हो। पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह एरीले दुई–दुई विकेट लिए । त्यस्तै करण केसी, सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए ।

सिरिजमा एक जित र एक हार ब्यहोर्यको नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।

नेपालले एकदिवसीय मान्यता जोगाउनेसँगै विश्वकप छनोटमा पुग्ने दुवै दबाब छ ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - १५:१०:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology