Logo

आइतवार, श्रावण २४ गते २०८३

images

झापा बिर्तामोडस्थित कालिमुनी जहरमान टोलवासीले मनाए उभौली

झापा बिर्तामोडस्थित कालिमुनी जहरमान टोलवासीले मनाए उभौली

दैनिकी न्यूज

२२, बैशाख २०८०
झापा बिर्तामोडस्थित कालिमुनी जहरमान टोलवासीले मनाए उभौली
images

झापा । भुमिपुत्र किरातीहरुको महान चाड साकेला उभौलीको अवसरमा झापा बिर्तामोड नगरपालिका वडा नं. १० स्थित कालिमुनी जहरमान टोलका स्थानीयले उक्त पर्व मनाएका छन् । सो टोलका सुनुवार समुदायले महान चाड श्याँदर पिदार (उभौली) ५०८३, भब्य रुपमा मनाएका हुन् ।

पर्वको अवसरमा एकापसमा शुभकामना आदानप्रदान साटासाट गरिएको समाजसेवी तथा सुनुवार समाज बिर्तामोड १० झापाका अध्यक्ष मनु मुखियाले बताए । उनका अनुसार विश्व शान्तिको कामनासहित यो पर्व मनाइन्छ ।

यसवाहेक बालीनाली राम्रो उब्जनी होस भनी भुमिलाई पुजिएको चन्डिका मुख्य पुजारी (मुल नासो) कुबेर धन मुखियाले बताए । उनका अनुसार उभौली किराँतहरू सुनुवार, राई, लिम्बु र याक्खा जातिको महान चाड हो ।

उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्त्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रो होस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन् भनि पुजा गरिन्छ ।

यस चाडमा सुनुवार र राईहरू साकेलारसखेवा शिली नाच्छन भने लिम्बु र याख्खाहरू च्याब्रुङ नाच नाच्दै प्रकृतिलाई पुजा गर्दछन । किराँतीहरूको यो पर्व पृथ्वीमा कृषियुग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।

images
प्रकाशित मिति :बैशाख २२, २०८० शुक्रवार - २०:४२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology