Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

केशव घिमिरे

५, आषाढ २०८०
चार दलद्वारा समाजवादी मोर्चा घोषणा
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित चार दलले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरूले सातबुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन्।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समेत मोर्चामा सहभागी हुने सहमति भएको थियो। तर, आज डा. भट्टराई कार्यक्रममा सहभागी छैनन्।

images
प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - ०६:२०:१० बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology