Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अपि पावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

अपि पावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

केशव घिमिरे

६, आषाढ २०८०
अपि पावरलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
images

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अपि पावर लिमिटेडलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीले ४० प्रतिशत हकप्रद निष्काशन गरेपछि चुक्ता पूँजी ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :आषाढ ६, २०८० बुधवार - १९:०१:१२ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology