Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज यी तीन प्रदेशमा भारी वर्षा, सचेत रहन आग्रह

आज यी तीन प्रदेशमा भारी वर्षा, सचेत रहन आग्रह

आज यी तीन प्रदेशमा भारी वर्षा, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

त्यस्तै राती देशभर आंशि देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ । त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - ०८:३०:३४ बजे

 

पूर्ण प्रसाद सापकोटा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology