Logo

सोमवार, श्रावण २५ गते २०८३

images

डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको भाउ घट्यो

डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको भाउ घट्यो

डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको भाउ घट्यो
images

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले आज रातिदेखि स्वचालित मूल्य प्रणाली लागु गर्दै पेट्रोलियम पदार्थको भाउ घटाएको हो ।

निगमले डिजेल र मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ, पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ र खाना पकाउने ग्यासको भाउ प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । वर्ग अनुसार भने भाउ फरक फरक पर्ने छ ।

स्वचालित मूल्य प्रणाली लागु भएसंगै भारतबाट मूल्य बढेर आए स्वत बढ्ने र भारतबाट घटेर आए स्वत घट्ने छ।

निगमले अब उप्रान्त डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मात्र नाफा खाने जनाएको छ । खाना पकाउने ग्यासमा भने नाफा नलिई लागत मूल्यमै बिक्री गरिने निगमले जनाएको छ।

हवाई इन्धनको हकमा भने आयल निगमले स्वचालित मूल्य प्रणाली लागु गरेको छैन । हवाई इन्धनको हकमा निगमको संचालक समितिले नै निर्णय गर्ने छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०८० आइतवार - १८:१४:२५ बजे

 

पूर्ण प्रसाद सापकोटा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology