Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

राजु नेपाल

९, श्रावण २०८०
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ बढेको छ । लगातार ३ दिन घटेको सुनको भाउमा आज सामान्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।

images
प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - १५:१९:२५ बजे

 

राजु नेपाल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology