Logo

सोमवार, श्रावण २५ गते २०८३

images

हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा चार जना पक्राउ

हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा चार जना पक्राउ

दैनिकी न्यूज

१९, श्रावण २०८०
हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा चार जना पक्राउ
images

काठमाडौं । हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले आपराधिक लाभ लिन नहुने कसुरमा ४ जनालाई पक्राउ गरेको हो ।

जिल्ला झापा बिर्तामोड–९ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, जिल्ला सिन्धुपाल्चोक बलेफी–४ मान्खा घर भई हाल काठमाडौं जिल्ला बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार अनिता मगरले फेसबुकमा पुरूषहरूलाई साथी बनाएर कुराकानी गर्थे । उनले प्रेम सम्बन्धसम्म बस्ने कुराकानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।

कुराकानी गर्नेसँगै विभिन्न स्थान एवं होटलमा बोलाउने गरेका थिए । त्यसरी सामान्य कुराकानीपछि होटलबाट निस्केर आफूहरू बीचका कुराकानी दाजुभाउजूले थाहा पाएकाले अब उनीहरूले भने बमोजिम गर्नुपर्ने भन्ने गरेको प्रहरीले जनाएको छ ।

त्यसपछि दीपक पराजुली भन्ने व्यक्तिले ती पुरूषहरूलाई ब्ल्याकमेलिङ गरी थर्काउने गरेका थिए । उनले आफू गृह मन्त्रालयका प्रेस सल्लाकार हुँ भन्ने गरेका थिए । उनीबाट प्रेस कार्ड समेत बरामद गरेको छ । उनी पेशाले सवारी चालक भएको प्रहरीले जनाएको छ ।

यस्तै बिमलले पनि पुरूषहरूलाई मेसेज गरी भेट्ने र ब्ल्याकमेलिङ गरी धम्क्याउने गरेको प्रहरीले जनाएको छ । यसरी उनीहरूले योजनाबद्ध रूपमा धम्क्याएपछि पीडित पुरूषलाई कुनै स्थानमा पैसा लिएर आउन भन्ने गरेका थिए ।

यसरी हनी ट्र्यापमा पारेर आपराधिक लाभ लिने गरेको भन्दै पीडितहरूले प्रहरी परिसरमा उजुरी दिएका थिए । बुधबार ललितपुरको बालकुमारीस्थित बर्गर हाउसमा ३ लाखको चेक लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट मोबाइल, सिमकार्ड, चेक, लागयत बरामद भएको छ । उनीहरूले अर्का एक जना पीडितबाट पनि तीन लाख २५ हजारको चेक लिइसकेको बरामद भएको थियो ।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०८० शुक्रवार - ०७:४७:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology