Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

आइतबार बढ्यो सुनको भाउ, चाँदीको स्थिर

आइतबार बढ्यो सुनको भाउ, चाँदीको स्थिर

देवीदत्त पौडेल

२१, श्रावण २०८०
आइतबार बढ्यो सुनको भाउ, चाँदीको स्थिर
images

काठमाडौं । साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार पनि भाउ स्थिर रहँदै चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - १०:५७:५५ बजे

 

देवीदत्त पौडेल

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology