Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सांसद सुनिल शर्मा पक्राउ

सांसद सुनिल शर्मा पक्राउ

केशव घिमिरे

२५, श्रावण २०८०
सांसद सुनिल शर्मा पक्राउ
images

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन्।

बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई काठमाडौंको गोल्फुटारस्थित घरबाट पक्राउ गरेको हो।

उनलाई पनि नक्कली शैक्षिक प्रमाण पत्रकै आरोपमा पक्राउ गरेको हो।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा बोल्दै सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए।

शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

images
प्रकाशित मिति :श्रावण २५, २०८० बिहिवार - १९:३४:२१ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology