Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ

दैनिकी न्यूज

२६, श्रावण २०८०
सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिक पक्राउ
images

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ । उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमन कार्यालयले सीआईबीको जिम्मा लगाएको छ ।

योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुई चिनियाँ नागरिकको १४ साउनमा पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - ११:०३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology