Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको इमाडोलमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु

ललितपुरको इमाडोलमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु

दैनिकी न्यूज

२८, श्रावण २०८०
ललितपुरको इमाडोलमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु
images

ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलमा बा ५ ख ८७५२ नम्बरको बसको ठक्करबाट पैदलयात्री ओखलढुङगा घर भई सोही नगरपालिका वडा नं. ८ लुभु बस्ने ४५ वर्षीया बबिता मगर माझीको छोरा ५ वर्षीय प्रियांश माझीको शनिबार दिउँसो मृत्यु भएको छ ।

आमाछोरा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई कृष्ट अस्पताल लगेकोमा उपचारको क्रममा प्रियांशको मृत्यु भएको हो ।

घाइते बबिताको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुुरले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २८, २०८० आइतवार - ११:५४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology