Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

देवकी थापा

२९, श्रावण २०८०
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) अवस्थित रहेको छ । यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ।

हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

२०८० श्रावण २९ गते (सोमबार)

दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती: देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०८० श्रावण ३० गते (मंगलबार)

दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मदेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

२०८० श्रावण ३१ गते (बुधबार)

दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आँशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning / Advisory for next 24 hours)

सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - ०६:३३:२२ बजे

 

देवकी थापा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology