Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाढी तथा पहिरोको कारण विभिन्न ठाउँमा सडक अवरोध

बाढी तथा पहिरोको कारण विभिन्न ठाउँमा सडक अवरोध

दैनिकी न्यूज

२९, श्रावण २०८०
बाढी तथा पहिरोको कारण विभिन्न ठाउँमा सडक अवरोध
images

काठमाडौं । अविरल वर्षाको कारण मुस्ताङ, नुवाकोट, मकवानपुर र सुर्खेतका विभिन्न स्थानमा आइतबार पहिरो जाँदा सडक अवरोध भएको छ ।

मुस्ताङ, घरपझोङ गाउँपालिका–२ मार्फास्थित बेनी(जोमसोम सडकखण्ड अन्तर्गत मार्फा खोलामा लेदो सहितको बाढी आउँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँगको समन्वयमा सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नुवाकोट, किस्पाङ गाउँपालिका–५ पैरेबेशीस्थित त्रिशुली मैलुङ स्याप्रुबेसी रसुवा जाने सडकखण्डमा पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ । सडक पूर्ण रुपमा अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मैलुङबाट खटिएको प्रहरीले सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

यसैगरी नुवाकोट, ककनी गाउँपालिका–४ निगालेस्थित पासाङ ल्हामु राजमार्गमा माथिबाट पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-२ छेपारेस्थित कुलेखानी सिस्नेरी काठमाडौं सडकखण्डमा पहिरोल जाँदा सडक अवरोध भएकोछ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेतबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

सुर्खेत, बराहताल गाउँपालिका-५ स्याउलेस्थित कर्णाली राजमार्गमा पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डिचौर सुर्खेतबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने आवश्यक पहल गरिरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८० सोमवार - ०७:५८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology