Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मौसम पूर्वानुमानः आज यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमानः आज यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

देवकी थापा

३०, श्रावण २०८०
मौसम पूर्वानुमानः आज यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ।

हाल देशभर आँशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै रातीको समयमा देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - ०६:४४:२० बजे

 

देवकी थापा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology