Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इन्द्रजात्रामा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने

इन्द्रजात्रामा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने

दैनिकी न्यूज

८, भाद्र २०८०
इन्द्रजात्रामा लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिताको आयोजना हुने
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नंं १६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारी ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । पाटन दरवार क्षेत्रको भण्डारखाल बगैचामा आश्विन ११ गते विहिवार प्रतियोगिता आयोजना हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई १ लाख नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय ७५ हजार, तृतीय ५० हजार, सान्त्वना २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट गायक, संगीतकार तथा रचनाकारलाई पनि २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा वरिष्ठ कलाकारर ब्यक्तित्वलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगीहरुले आफ्नो गीतको रेकर्ड फारामसहित दर्ता गराउनु पर्ने, उक्त रेकर्डमार्फत छनौट भएकाहरु अडिशन राउण्डमा प्रस्तुत गर्नेछन् भने अडिशन राउण्डबाट छनौट भएकाहरु लिटिल स्टार गीत प्रतियोगितामा सहभागी हुने जानकारी गराइएको छ ।

यस प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्ने नियम पनि राखिएको छ । प्रतियोगितामा सहभागी हुन आजैबाट फाराम बुझाउन सकिने पनि आयोजकले जनाएको छ ।

लिटिल स्टार रेकर्डस् प्रमुख प्रायोजक रहेको सो प्रतियोगिताको सहयोगीमा पाटन म्यूजियम रहेको छ । नेवाः भोजसहितको यो प्रतियोगिता कार्यक्रमको जानकारी कलाकार समितिको फेसबुक पेजबाट लिन सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

images
प्रकाशित मिति :भाद्र ८, २०८० शुक्रवार - १७:४८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology