Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

देवकी थापा

१३, भाद्र २०८०
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा
images

ललितपुर । ललितपुर उद्योग बाणिज्य संघको अध्यक्ष पदका लागि रविन्द्रराज ताम्रकारले उम्मेदवारी घोषणा गरेका छन् । ताम्रकारले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी ताम्रकारले उम्मेदवारी घोषणा गरेका हुन् । ललितपुर उद्योग बाणिज्य संघको ४४ औं साधारण सभा यही असोज १९ र २० गते हुँदैछ । ताम्राकार संघका पूर्ववरिष्ठ उपाध्यक्ष हुन् ।

“ललितपुर उद्योग वाणिज्य संघको विभिन्न तहमा रहेर मैले करिब तीन दशक समय निजी क्षेत्रको हितका साथै उद्योग व्यवसायीहरुको हितमा काम गरेको छु । आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोहो¥याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको छु ।” ताम्रकारले भने ।

५६ वर्षको इतिहास बोकेको संघमा विभिन्न समयमा आफूले पु¥याएको योगदानको आधारमा आफूलाई उक्त पदका लागि योग्य ठानेको वताउँछन् उनी । संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रुपमा केलाउने सक्ने, अग्रज र अनुभवीहरुलाई साथसाथै लिएर नयाँ पुस्तालाई पनि समेटेर जान सक्ने क्षमता आफूसंग रहेको रविन्द्रराज ताम्रकारको दावी छ । “आम व्यवसायीमाझ स्वच्छ छवि भएको व्यक्तिको रुपमा परिचित छु भन्ने मेरो दावी छ ।” उनी भन्छन् ।

उनी परिवारले पुस्तौदेखि गर्दै आएको तामा पित्तल व्यवसायमा संलग्न रहेर हस्तकला क्षेत्रका साथसाथै विभिन्न सामाजिक कार्यहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

ताम्रकारले निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा विभिन्न स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा आफ्ना बिचार र धारणाहरु लेख्दै पनि आइरहेका छन् । आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व सहित व्यावसायिक हितको सवालमा अघि डोहो¥याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको उनले प्रष्ट्याए । जीवनको अधिकाशं समय उद्योग र वाणिज्य क्षेत्रमा बिताइसकेको वताउँदै ताम्रकारले एक पटक अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै संघको उचाईलाई माथि पु¥याउने दृढता रहेको जानकारी गराए ।

images
प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - ०५:५५:४२ बजे

 

देवकी थापा

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology