काठमाडौं । माछापुच्छ्रे बैंक आर्थिक वर्ष २०७९–८० को लाभांश प्रस्ताव गरेको छ । बैंकको आज भदौ १३ गते बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने बैंकले जनाएको छ।
गत वर्ष पनि बैंकले कुल १४ प्रतिशतनै लाभांश वितरण गरेको थियो । गत वर्ष पनि बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रूपैयाँ रहेको छ ।